April 22, 2025

भोलिदेखि दोस्रो चरणको खोप : स्वास्थ्य मन्त्रालय

February 7, 2021
FILE PHOTO: Small bottles labelled with "Vaccine" stickers stand near a medical syringe in front of displayed "Coronavirus COVID-19" words in this illustration taken April 10, 2020. REUTERS/Dado Ruvic/Illustration/File Photo
- ADVERTISEMENT -

काठमाण्डौं / भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ ।
पहिलो चरणको खोप लगाइसकेपछि जोखिमका आधारमा सूची तयार पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ । यसबाहेक अरु समूहका व्यक्तिलाई पनि खोप लगाउनेबारे आज छलफल गरेर निर्णय गर्ने तयारी भइरहेको प्रवक्ता गौतमको भनाइ छ ।
गएको माघ ४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप अभियानमा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् ।

- ADVERTISEMENT -