२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

४९ लाख रुपैयाँसहित दुई जना पक्राउ

प्रकाशित मिति : २०७७ माघ २५ गते
file photo
- ADVERTISEMENT -

बारा / स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फेटा गाउँपालिका-५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकलसहित पक्राउ गरेको अस्थाई प्रहरी पोष्ट जोतपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -