चितवन / चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ । संघले आइतबार भरतपुरमा आयोजना गरेको साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रममार्फत एक जना कलाकार र तीन जना पत्रकारलाई नगद सहित सम्मान गरेको हो । चितवनमा रहेर कलाकारिता मार्फत नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै संघले कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्काबाट सम्मान गरेको छ ।
श्रेष्ठलाई नगद पाँच हजार ५५५ रुपैयाँ, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसैगरी, पत्रकारितामार्फत चलचित्र क्षेत्रको उन्नयनमा टेवा पु¥याएको भन्दै संघले अनलाइन खबरका विजय आवाजलाई सेन्ट्रल कलेज राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, चितवन पोष्टका किशोर खनाललाई एजर एभियसन सक्रिय चलचित्र पत्रकारिता पुरस्कार र एटुजेड समाचारका सुशील पन्तलाई नन्दप्रसाद–सुशीला युवा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ ।
सम्मानीत सबैलाई पाँच हजार ५५५ रुपैयाँ नगद, प्रमाण तथा दोसल्लाबाट सम्मान गरिएको हो । साधारणसभाका क्रममा कार्यक्रमका प्रमुख अतिथि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनका रङ्ग पत्रकारहरुले कलाकारिता सँगै धेरै क्षेत्रमा कलम चलाएको बताउनुभयो ।
कलाकार र पत्रकारहरु सहकार्य गर्दै अगाडि बढेको क्षेत्रमा नेपाली कालाकारिता क्षेत्रको शीर उँचो हुने धुर्मुसको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण प्रसाद अधिकारीले रङ्ग पत्रकारहरु पनि नेपाल पत्रकार महासंघको एशोसिएट सदस्य भएको उल्लेख गर्दै सहकार्य गरेर नेपाली पत्रकारिता क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, प्रेस सङ्गठन चितवनका संयोजक प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले विट पत्रकारिताको विकास हुँदै गएको उल्लेख गर्नुभयो । विट पत्रकारिता हुँदै गर्दा चितवनमा चलचित्र पत्रकारहरुको भूमिका अझै बढेको उहाँहरुको भनाइ थियो । कार्यक्रममा सम्मानीतहरुको तर्फबाट कलाकार ऋद्धिचरण श्रेष्ठ, पत्रकार विजय आवाज र किशोर खनालले मन्तव्य राख्नुभएको थियो ।
साधारणसभाको बन्द सत्रमा चलचित्र पत्रकार संघ चितवनका सचिव आनन्द पोखरेलले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रवीन सुवेदीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । साधारणसभाले यसै वर्ष २० जना पत्रकारहरुलाई चलचित्र पत्रकार संघ चितवनको साधारण सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको सचिव पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी, जिल्लाले गर्ने हरेक काम केन्द्रसँग सहकार्य गरेर गर्ने र चाँडै नै राष्ट्रिय स्तरको कार्यशाला गर्ने निर्णय समेत भएको पोखरेलले बताउनुभयो । कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारीले गर्नुभएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका कलाकार श्रेष्ठसहित तीन पत्रकार सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.23
152.83

European Euro
1
173.75
174.43

UK Pound Sterling
1
204.10
204.91

Swiss Franc
1
188.28
189.02

Australian Dollar
1
105.84
106.26

Canadian Dollar
1
107.53
107.96

Singapore Dollar
1
117.85
118.31

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.78
41.94

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.45
41.61

Malaysian Ringgit
1
37.40
37.55

South Korean Won
100
10.15
10.19

Swedish Kroner
1
15.75
15.82

Danish Kroner
1
23.25
23.34

Hong Kong Dollar
1
19.42
19.49

Kuwaity Dinar
1
494.65
496.60

Bahrain Dinar
1
403.76
405.35

Omani Rial
1
395.38
396.94














