April 29, 2025

‘क्लिक आइटी सोलुसन’को सेवा शुभारम्भ

February 17, 2021
- ADVERTISEMENT -

चितवन । चितवनको भरतपुर १० मा स्थित क्लिक सफट्वेयरले आफ्नो मातहतमा ‘क्लिक आईटी सोलुसन’को मंगलबार भरतपुर ९, बोस्टन रोडमा सेवा शुभारम्भ गरेको छ ।
क्लिक सफ्टवेयरले झण्डै १७ वर्ष संचालन पश्चात ग्राहक सेवा सुविधालाई मध्यनजर गर्दै क्लिक आईटी सोलुसन संचालनमा ल्याएको प्रबन्ध निर्देशक जेवी थापाले जानकारी दिए ।
प्रबन्ध निर्देशक थापाका अनुसार ग्राहकहरुले प्राप्त गरिरहनु भएको सेवा सुविधालाई अझ थप परिस्कृत र अरु बढी सेवा सुविधा दिने हेतुले क्लिक आईटी सोलुसन संचालन गरिएको हो ।
उनले सबै किसिमको कम्प्युटर हार्डवेयर सम्बन्धी कार्य तथा नेटवर्किङ सेवा एकै ठाउँबाट हुने बताए । हाल संचालनमा ल्याइएको क्लिक सोलुसनबाट विभिन्न किसिमका ब्राण्डेड, एसेम्बल, सिसि क्यामेरा, सफ्टवेयर प्रोडक्ट, बिलिङ पेपर तथा कम्प्युटर सम्बन्धी सबै किसिमका सामग्रीहरु पाइने उनले भने ।

- ADVERTISEMENT -