२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

एपिएफले चुम्यो महिला राष्ट्रिय लिगको उपाधि

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते
फोटो: नयाँपत्रिका ।

काठमाडौं / महिला राष्ट्रिय लिगको उपाधि एपिएफले उचालेको छ । दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० गोलले पराजित गर्दै एपिएफ विजयी भएको हो । यससँगै प्रतियोगितामा आफ्नो शतप्रतिशत जितको यात्रा एपिएफले पूरा गरेको छ ।
लिगको खेलमा सरु लिम्बूको दुई र अनिता केसीको एक गोलको मद्दतले एपिएफले सहज जित हासिल गरेको हो । एपिएफका सरुले खेलको ४५औँ मिनेटमा गरिएको १ गोलले अघि बढ्न हौसला प्रदान गरेको थियो ।
खेलमा अनिताले मिलाइदिएको पासमा सरुले गोल गरेकी थिइन् । एपिएफले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । एपिएफका अनिताले गरेको खेलको ८६औँ मिनेटमा २–० को अग्रता दिलाइन् । अञ्जली योञ्जनले क्रस गरेको बललाई आकर्षक हेडिङमार्फत अनिताले टोलीलाई अघि बढाएकी थिइन् ।
खेलको अतिरिक्त समयमा आर्मीकी गोलरक्षक अञ्जना रानामगरले क्लियर गर्न पन्च गरेको बललाई गोलमा परिणत गर्दै सरुले टोलीको जित ३–० ले पक्का गरेकी थिइन् ।
एपिएफले प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने क्रममा विपक्षीविरुद्ध सर्वाधिक ७७ गोल पनि ग¥यो । एपिएफले लिगमा उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध २२–० को सर्वाधिक ठूलो अन्तरको जित निकालेको थियो । त्यसको तुलनामा विपक्षीसँग उसले मात्रै एक गोल बेहो¥यो । यो लिगमा एपिएफले नेपाल पुलिससँग मात्रै गोल बेहोरेको हो । पुलिसकी अमृता जैसी यो लिगमा एपिएफविरुद्ध गोल गर्ने एक्ली खेलाडी बनिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10