हेटौंडा / मकवानपुर प्रहरीले शनिबार राति राक्सिराङ गाउँपालिका वडा नंबर १ स्थित गाल्छाराङमा बारीमा लुकाई छिपाई राखेको १८ क्विंटल गाँजा जलाएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवराज गुरूङको कमाण्डमा ईलाका प्रहरी कार्यलय नेवारपानी सहित खटिएको ११ जनाको संयुक्त प्रहरी टोलीले गाउँपालिकाको वडा नंबर १ स्थित गाल्छाराङमा बारीमा लुकाई छिपाई राखेको १८ क्विंटल गाँजा जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि प्रहरीले उक्त गाँजा जलाएर फर्कने क्रममा बाटो अवरोध गरेको भन्दै सोहि वडाका वडा अध्यक्ष कान्छालाल रुम्बालाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको जनाएको छ । कुपिनटार स्थितसडकमा स्थानीयहरूको अवरोध पछि प्रहरीको कामकारबाहीमा बाँधा पुर्याउनुको साथै प्रहरीहरू माथि समेत हातपात भएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।
स्थानीय र प्रहरीबीच झडप भएसँगै मनहरीबाट प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा र सशस्त्र प्रहरीको आई.आर.टी. पोष्ट कत्लेखोलाबाट समेत टोली घटनास्थलमा पुगेको प्रवक्ता रानाको भनाई छ । यसैगरि सोहि क्रममा कुपिनटार स्थित बारीमा १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ बेवारिसे चिसो अवस्थामा फेला पारी बरामद गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा प्रहरीद्वारा १८ क्विंटल गाँजा नष्ट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61













