२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

१० हजार ज्येष्ठ नागरिकलाई खोप लगाइने

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते
Photo : khabartarang
- ADVERTISEMENT -

रत्ननगर / पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कोरोना विरुद्धको खोपको प्रभावकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य शाखाले खोपको प्रभावकारिता र आगामी खोप अभियानका बारेमा जानकारी दिने उद्देश्यले मंगलवार कार्यक्रम गरेको हो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले अहिलेसम्म स्वास्थ्यकर्मी,कर्मचारी,जनप्रतिनिधि र पत्रकार गरी २ हजार ३८३ जनाले खोप लगाएको र दोस्रो चरण अन्तर्गत १० हजार ज्येष्ठ नागरिकलाई खोप लगाइने कार्यक्रम रहेको जानकारी दिए । ५५ बर्ष माथीका नगर भित्रका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको पौडेलले जानकारी दिए । कार्यक्रममा रत्ननगर अस्पतालका डा.महेश पौडेलले कोरोना खोपको असर र प्रभावकारिताको विषयमा सहजीकरण गरेका थिए ।
उनले दीर्घरोगीले पनि कोरोना विरुद्धको खोप लगाउन सक्ने बताए । उनले गर्भबती,सुत्केरी आमा,गम्भीर एलर्जी बाहेक अन्य रोग दीर्घरोगीहरुले खोप लगाउन सक्ने बताए । फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुदैछ । नगर भित्रका स्वास्थ्यचौकी र नगर स्वास्थ्य केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाउनको लागि प्रत्येक स्वास्थ्य संस्थामा तालिम प्राप्त दुई जना स्वास्थ्यकर्मी खटाइने छ । खोप अभियानलाई प्रभावकारी बनाउन वडा स्तरीय समन्वय समिति बनाइने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।
कार्यक्रममा निमित्त नगर प्रमुख विमला दुवाडीले कोरोना विरुद्धको खोप अभियानमा सहभागीहुन नगरबासीहरुलाई आग्रह गरिने । डराएर खोप नलगाएको पाएको छु उनले भनिन् सामान्य असर देखिन्छ,त्यसैका आधारमा खोप अभियानबाट बन्चित हुनुहुदैन । कार्यक्रममा वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -