२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भूकम्प पीडित ५ सय ४५ जनाले दिए नयाँ घर बनाउन निवेदन

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते
Photo : google

चितवन / भूकम्पका कारण घरमा क्षती भएर मर्मत सम्भार मात्र गर्न निवेदन दिएका मध्ये ५ सय ४५ जनाले नयाँ घर वनाउनका लागि अनुरोध गरेका छन् । सुरुमा सामान्य मर्मत सम्भारबाट घर वनाउने भनिए पनि पछि उनीहरुले पुरै घर निर्माणका लागि निवेदन दिएका हुन ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई चितवनमा घर मर्मतका लागि आबेदन दिएका १ हजार ३ सय ७८ जना मध्ये ५ सय ४५ जनाले पुरै घरबनाउन निवेदन दिएका हुन । इकाईका इन्जिनियर सुबास नेपालका अनुसार निवेदन परेका मध्ये २ सय ८३ जनाको नाम प्राधिकरणबाट स्विकृत भई सकेको छ । १ सय ६२ जनाको नाम पठाई सकिएको र अन्य १ सय जनाको नाम पठाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
घर मर्मत मात्रै गर्ने निवेदन दिएका (प्रबलीकरणमा परेका) मध्ये १७ जनाले दोस्रो किस्ता बापतको रकम समेत निकासा गरिसकेका छन् । घर प्रबलीकरण गर्नेहरुले पहिलो र दोस्रो किस्ता क्रमश रु ५०÷५० हजार अनुदान पाउने छन् । नयाँ घर वनाउनेहरुले भने तीन किस्ता गरेर रु ३ लाख पाउने छन् । सेवाग्राही मध्ये ९८ जनाको नाम हटाउनका लागि सिफारीस गरिएको छ । सेवाग्राही सम्पर्कमा नआएका कारण उनीहरुको नाम हटाइएको हो । जिल्लामा भूकम्पको समयमा ७ हजार ८ सय ६० घर पुननिर्माण गर्नु पर्ने भएको थियो ।
जस मध्ये हाल सम्म ६ हजार २ सय २ वटा घरको पुननिर्माणको काम सम्पन्न भएको छ । घर निर्माण सम्पन्न हुनेमा ८२ दशमलब ९ प्रतिशत रहेको नेपालले बताउनु भयो । उहाँका अनुसार पुनर्निमाण तर्फ पहिलो किस्ता ७ हजार ५ सय ५५ र दोस्रो किस्ता ६ हजार ६ सय २४ जनाको निकासा भइसकेको छ । उनीहरुले पहिलो, दोस्रो र तेस्रो किस्ता बापत क्रमश रु ५० हजार, १ लाख ५० हजार र १ लाख पाउने छन् ।
पुननिर्माण तर्फ ३ सय ५ जनाको नाम लाभग्राहीबाट हटाउनका लागि सिफारीस गरिएको छ । भूकम्पका कारण जिल्लाका सातवटै पालिका प्रभावित भएका थिए । जस मध्ये जिल्लाको पहाडी क्षेत्रमा रहेको इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09