मकवानपुर / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन् ।
अध्यक्ष थापाले बिहिबार ट्वीटमार्फत नेपाल सरकार र नेकपा विप्लव समूहकाबीचको सहमति सकारात्मक भएको उल्लेख गर्दै संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘नेपाल सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक छ । संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य छ ।’
सरकार र विप्लव समूहबीच बिहिबार तीनबुँदे सहमति सार्वजनिक भएको छ । सहमति संगै प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोड्ने र पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको छ ।
सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै दुई वर्ष अगाडि प्रतिबन्ध लगाएको थियो ।
‘नेकपाको प्रतिवद्धता स्वागत योग्य छ’ – राप्रपा अध्यक्ष थापा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
