February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छाकामनाका १६६ जनाले लगाए कोरोना विरुद्धको खोप 

March 8, 2021

कुरिनटार / चितवनको इच्छाकामना गाउँपालिकाका १६६ जना जेष्ठ नागरिकहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन्। आइतबार पहिलो दिन गाउँपालिकाको ९ वटा स्वास्थ्य संस्थाहरु मार्फत ६५ बर्षमाथिका जेष्ठ नागरिकहरुले खोप लगाएका हुन्। ९८ पुरुष र ६८ महिला गरि १६६ जनाले पहिलो दिन कोरोना विरुद्धको खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो।
गाउँपालिकाको वडा नं. १ मा सामुदायिक स्वास्थ्य सेवा केन्द्र भाराङ र काउले स्वास्थ्य चौकी, वडा नं. २ मा आधारभुत स्वास्थ्य केन्द्र काउँले, वडा नं. ३ मा आधारभुत स्वास्थ्य केन्द्र माझगाउँ, वडा नं. ४ मा दारेचोक स्वास्थ्य चौकी, वडा नं. ५ मा पामडाँडा स्वास्थ्य चौकी, वडा नं. ६ मा चण्डिभञ्ज्याङ स्वास्थ्य चौकी, वडा नं. ७ मा दाहाखानी स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्र स्याङदीबाट कोरोना खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो।

- ADVERTISEMENT -