चितवन / उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले देशको आर्थिक विकास समृद्धिको लागि आन्तरिक लगानी र बाह्य लगानीलाई आकर्षण गर्नुपर्ने बताएका छन । आज उद्योग वाणिज्य सघको नारायणगढको ५४ औं बार्षिक साधारण सभामा बोल्दै उनले देशको समृद्धिको लागि सरकारले नीजि क्षेत्रको सहकार्य विना सम्भन नहुने बताए ।
सरकारले पूर्वाधार निर्माण र उद्योगी व्यवसायीमैत्री नीति ल्याएमा देशमा प्रशस्त लगानीको वातावरण सिर्जना हुने उनको भनाई थियो । ‘हामीलाई पूर्वाधार निर्माणमा सहयोग गर्नुहोस , उद्योगव्यवसायीमैत्री नीति ल्याउनुहोस हामी लगानी गर्न तयार छौं ।’ वरिष्ठ उपाध्यक्ष ढकालले भने । विदेशी लगानीलाई आकर्षण गरे देशको कर संकलनमा बृद्धि , रोजगारी सिर्जनाबाट देशको समृद्धिमा टेवा पुग्ने उनको भनाई थियो । सातै प्रदेशमा आइएमई गु्रपले केवलकार निर्माणको काम अघि बढाएकोले नवलपरासीको मौलाकालिका केवलकार निर्माणमा यहांँका उद्योग व्यवसायीलाई सहकार्य गर्न उनले आग्रह गरे । ‘मौलाकालिका मन्दिरमा केवलकार निर्माणको चरणमा छ । हामी तपाईहररुसंँग हातेमालो गर्न तयार छौं ।’ उनले भने ।
चितवन देशकै केन्द्रबिन्दु भएकोले यहांँका उद्योगी व्यवसायीसंँग मिलेर आफू लगानी गर्न चाहेको उनले बताए ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले हरेक परिस्थितिमा आफूहरुले व्यवसायिक संस्थासंँग मिलेर काम गर्दै आएको बताईन । कोरोना कहरको बेला महानगरले उद्योगी व्यवसायीलाई करमा बिशेष छुट दिएको भन्दै उनले आफुहरु नीजिक्षेत्रसंँग सहकार्य गर्दै भरतपुरलाई नमुना महानगररुपमा विकास गर्न चाहेको बताईन । प्रमुख दाहालले देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले पिपिपी अवधारणा बमोजिम २ अर्ब बढीको लागतमा व्यावसायिक भवन निर्माणको लागि निजी क्षेत्रसंगको सम्झौता अन्तिम चरणमा रहेको जानकारी दिईन ।
सो अवसरमा बोल्दै विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ्गले चितवनको समग्र विकासमा भए गरेका कामहरूको चर्चा गर्दै अब सबैको ध्यान विद्युतको अधिक खपत गर्नेगरी सोही बमोजिमका औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिए । घिसिङले विद्युुतीय सवारी साधनको उपयोग बढाउनुपर्ने भन्दै भान्छामा हुने ग्यासको प्रयोगलाई घटाउन इन्डक्सन चुलोको प्रयोगलाई बढाउने अभियान नै चलाउन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाइले देशको बिगँ्रदो राजनीतिक वातावरणले औद्योगिक वातावरण विग्रेको बताउँदै असल व्यावसायिक वातावरणका लागि स्थिर सरकार र सरल राजनीतिक वातावरण सृजना हुनुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले देश संघीय संरचना गएसंँगै नीजि क्षेत्रको भूमिका र जिम्मेवारी थपिएको बताए । स्थानीय सरकारको सहकार्यमा उवासंघले पर्यटन प्रर्वद्धन गर्न सी मोडल वीचको निर्माण कार्य अघि बढिरहेको उनले बताए । कोरोना कहरका कारण उवासंघका योजना, र परियोजना ढिला भएको भन्दै उनले बांँकी रहेका कामहरु यथाशीघ्र सम्प न्न गर्ने प्रतिबद्धता व्यक्त गरे । व्यवसायीका लागि करछुट, व्याजछुट लगायत पुर्नलगानीका बिषयमा उवासंघले पहल गर्दै केही मागहरु सम्बोधन गर्न सकिएको उनको भनाई थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘देशको समृद्धिका लागि आन्तरिक र बाह्य लगानी आकर्षित गर्नुपर्छ’ -वरिष्ठ उपाध्यक्ष ढकाल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.10
153.70

European Euro
1
175.83
176.52

UK Pound Sterling
1
204.69
205.50

Swiss Franc
1
185.65
186.38

Australian Dollar
1
109.08
109.51

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
119.85
120.32

Japanese Yen
10
9.70
9.73

Chinese Yuan
1
22.86
22.95

Saudi Arabian Riyal
1
40.76
40.92

Qatari Riyal
1
41.99
42.16

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.69
41.85

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
11.04
11.09

Swedish Kroner
1
15.59
15.65

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.13
500.08

Bahrain Dinar
1
406.11
407.70

Omani Rial
1
397.66
399.22












