February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

March 14, 2021

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २३१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ३२६ जना स‌ंक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १४ पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८९१ रहेको छ ।

- ADVERTISEMENT -