February 6, 2025
- ADVERTISEMENT -

संवादहीनता तोडिदै : ओली र नेपालको पार्टी कार्यालयमा भेट हुँदै,

March 15, 2021

काठमाडौं / गत पुस ५ गतेदेखि शक्ति संघर्षमा रहेको नेकपा एमालेको दुई समूहबीच संवादहीनता तोडिने भएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपाल पक्षबीच आज पार्टी कार्यालय धुम्बारहीमा भेट हुने भएको छ । दुवै नेता आफ्नो समूहसहित पार्टी कार्यालय आउने कार्यक्रम रहेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनुहुनेछ ।
नेपाल समूहबाट वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल सहभागी हुनेछन् । त्यसबाहेक सम्भवतः सुरेन्द्र पाण्डे, बेदुराम भूसाल, भीम रावल र रघुजी पन्तमध्ये दुई जना सहभागी हुनेछन् । नेपाल पक्षको बैठक बानेश्वरमा जारी रहेकाले वार्तामा जाने टिम तय नभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -