January 21, 2025
- ADVERTISEMENT -

प्रतिनिधिसभाको तेस्रो बैठक आज दिउँसो १ बजे बस्दै

March 16, 2021

काठमाडौँ । पुनर्स्थापनापछिको प्रतिनिधिसभाको तेस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ ।
नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
त्यस्तै, संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि सम्भावित कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -