२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर महानगरले सुरु गर्यो कर अभियान

प्रकाशित मिति : २०७७ चैत्र ६ गते
Photo : halkaro

चितवन / भरतपुर महानगरपालिकाले वडा नम्बर १० बाट कर अभियानको शुभारम्भ गरेको छ । महानगरको लक्ष्य अनुसारको राजस्व संकलन गर्नका लागि बिहीबार कर अभियानको शुभारम्भ गरेको हो । अभियानको शुभारम्भ अगाडि ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने उद्देश्यका साथ महानगरपालिकामा कर अभियानको घोषणा गरिएको थियो ।
कर अभियान घोषणाका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध भरतपुर महानगरपालिका निर्माणका लागिसमेत कर अभियान घोषणा गरिएको बताउनुभयो । भरतपुर महानगरपालिकाभित्रका विकासको काम चित्त बुझ्दो भइरहेको भन्दै महानगरको आन्तरिक आम्दानी वृद्धिका लागि कर अभियान घोषणा गरिएको बताउनुभयो ।
स्थानीय सरकार आएको पहिलो पाँच वर्षमा महानगरपालिकाले आन्तरिक आम्दानी बढाएर वार्षिक एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने लक्ष्य रहेको दाहालले बताउनुभयो । यो लक्ष्य पूरा गर्नुपर्ने महानगरलाई चुनौती रहेको भन्दै कर अभियानमा सबैलाई सहभागी हुन दाहालले आग्रह गर्नुभयो । महानगरपालिकाले शुरुमा कर वृद्धि गर्दा सबै क्षेत्रबाट विरोध भएको उल्लेख गर्दै दाहालले सबै क्षेत्रसँगको सहकार्यमा करको दायरा समेत वृद्धि गरिएको बताउनुभयो ।
सो कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख एवं राजस्व परामर्श समिति संयोजक पार्वती शाह ठकुरीले महानगरपालिकाले करमैत्री नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । पछिल्लो समय महानगरपालिकाले करको दर र दायरा सबैको सहमतिअनुसार नै बढाएको भन्दै नगरवासीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकार आउनु अगाडि भरतपुरमा सीमित मात्रामा कर उठिरहेको अवस्थामा महानगर भएपछि करको दर तथा दायरा बढाइएको उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा महानगरको आन्तरिक आम्दानी ९२ करोड रुपैयाँ भएको उल्लेख गर्दै उहाँले यस आर्थिक वर्ष २०७७/७८ मा ९० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको बताउनुभयो । कोभिड–१९ का कारण राजस्व संकलनको लक्ष्य थोरै राखिएको उपप्रमुख ठकुरीले बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र प्रसाद पौडेलले राजस्वको दायरा फराकिलो बनाउने, राजस्वको क्षेत्र पहिचान गर्दै राजस्व संकलन गर्नका लागि कर अभियान घोषणा गरिएको बताउनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघलगायतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94