चितवन / इच्छाकामना गाउँपालिका वडा नं १ कालिङडाँडा र काउलेका चेपाङ समुदायलाई बोका वितरण गरिएको छ । सपना भिलेज सोसन इम्प्याक्टले प्रतियोगिता मार्फत चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले फलफुलका विरुवा र बोयर जातको बोका वितरण गरेको हो ।
परियोजना अन्तर्गत यहाँका चेपाङ समुदायलाई ११ समुहमा विभाजन गरिएको र प्रत्येक समुहलाई २÷२ वटाका दरले २२ वटा बोका वितरण गरिएको छ । चेपाङ बस्तीमा आयोजित कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले संयुक्त रुपमा समुहका अगुवाहरुलाई बोका हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ चेपाङ समुदायको आर्थिक तथा सामाजिक विकासको लागि गाउँपालिकाले चेपाङ उत्थान कार्यविधि तयार गरेको र कार्यविधि अनुसार नै चेपाङ समुदायलाई बोयर बोका वितरण गरिएको बताइन् । ‘अब मागेर होइन गरेर खानु पर्छ’, उनले भनिन्, ‘गरेर खाने वाताबरण गाउँपालिकाले बनाउने छ ।’
इम्प्याक्टका अध्यक्ष गिरीले चेपाङ समुदायको जीवनस्तर उकास्न परियोजना सुरु गरिएको भन्दै दैनिक जीवनमा चेपाङ समुदायले गर्ने क्रियाकलापलाई प्रतियोगितामा समावेश गरी आर्थिक उन्नतिको बाटो पहिचान गरिएको बताए ।
कार्यक्रमा वडा नं १ का वडाध्यक्ष नन्दलाल गिरी, गाउँपालिकाकी प्रबक्ता सावित्री गुरुङ, विदेशी नागरिक देवी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा परियोजनाका निर्देशक सुजन बस्नेतले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
चेपाङलाई आयआर्जनको लागि फलफूलको विरुवा र बोका

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
