February 6, 2025
- ADVERTISEMENT -

कोरोनाका कारण चितवनमा तीनको मृत्यु

April 26, 2021

चितवन / कोरोना सङ्क्रमणका कारण चितवन जिल्लामा तीन जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बिरगञ्ज महानगरपालिका वडा नम्बर १७ का ८० वर्षिय वृद्ध, मकवानपुरका ८५ वर्षिय वृद्ध र लम्जुङ सुन्दरवजार नगरपालिका वडा नम्बर २ का ७५ वर्षिय वृद्ध रहेका छन् ।
अस्पतालका अनुसार बिरगञ्जका वृद्ध कोरोना सङ्क्रमण पुष्टि भइ वैशाख ९ गते भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा उनको आज बिहान ८ः५० वजे मृत्यु भएको हो । यस्तै लम्जुङको सुन्दरबजारका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ ।
वैशाख १० गते कोरोना सङ्क्रमण पुष्टि भई भरतपुर अस्पालमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ११ वजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यस अघि गए राती पुरानो मेडीकल कलेजमा उपचारका क्रममा मकवानपुरका ८५ वर्षिय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
निमोनियाका कारण वैशाख ११ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गए राती १ः४५ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -