मकवानपुर / मकवानपुरमा भोलि बैशाख १४ गते मंगलबारदेखि पार्टी प्यालेस पूर्ण रुपमा बन्द हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले अर्को निर्णय नभएसम्मका लागि गच बैशाख ७ मा भएका निर्णय अनुसार बिवाह वा बर्तबन्धलाई पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा पूर्व स्वीकृती लिनु पर्ने प्रावधानलाई खारेज गर्ने निर्णय गरेको छ ।
साथै उक्त बैठकले छिमेकी मुलुक भारत तथा प्रदेश नम्बर–२ बाट रातोमाटे नाका हुँदै मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुहरुको ज्वरो नाप्ने ÷परीक्षण गर्ने, साबुन पानीले हात धुन लगाउने, मास्क र सेनेटाइजरको प्रयोग गर्न लगाएर मात्र पठाउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बैठकले हेटौँडा बजारमा फुटपाथमा गरिने स्ट्रिट फुट व्यापारलागयत अन्य सबै फुटपाथ व्यापार व्यवसायहरु तत्काल बन्द गर्ने÷गराउने व्यवस्था हेटौँडा उपमहानगरपालिकाले गर्ने निर्णय गरेको छ ।
साथै हेटौँडा बसपार्कस्थित तरकारी बजार र माछामासु बजार एबम् खोपेगल्लिस्थित तरकारी बजार बिहान ४ बजेदेखि ८ बजेसम्ममात्रै संचालन गर्ने निर्णय पनि गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा संक्रमणको क्रम बढ्दै गएकाले अक्सिजनको अभाव हुन नदिनको लागि आवश्यक तयारी गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले अक्सिजनको आपूर्तिलाई सहज बनाउनका लागि अक्सिजन सिलिण्डर आपूर्तिकर्ताहरुसंगको समनवयमा हाल मौज्दातमा रहेका अक्सिजनको विवरण माग गर्ने र स्वास्थ्य कार्यालय मकवानपुरको नेतृत्वमा निरन्तर अनुगमन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
- ADVERTISEMENT -

मकवानपुरका सबै पार्टी प्यालेस पूर्ण रुपमा बन्द हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













