चितवन / चितवनका जिल्लाका मेडिकल कलेज र सरकारी अस्पतालमा कोरोना संक्रमितहरुको चाप बढ्दै गएको छ । जिल्लामा देखिएको कोरोनाको दोस्रो लहरमा युवा र किशोरकिशोरी बढी प्रभावित भएको पाइएको छ । गत वर्षको कोरोना संक्रमणको अवस्था हेर्दा युवा र किशोरकिशोरी भन्दा वृद्धवृद्धाको संख्या बढी पाइएको थियो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ८१ जना कोरोना संक्रमित बिरामी रहेका छन् । त्यस्तै चितवन मेडिकल कलेजमा ३८ जना र कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा ३७ जना बिरामी रहेका छन् । जसमध्ये तीन अस्पतालको भेन्टिलेटरमा ८ जना, आईसीयूमा २४ जना उपचार छन् ।
भरतपुर अस्पतालमा कोरोनाको उपचारमा अग्रपंक्तिमा खटिएका वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलका अनुसार कोरोना संक्रमण गतवर्ष भन्दा यस वर्ष किशोर किशोरी र युवायुवतीमा बढी देखिएको छ ।
‘कोरोना संक्रमण दर र लक्षण हेर्दा कोरोनाको नयाँ प्रजाति जस्तै देखिन्छ ।’ उनले भने, ‘औपचारिकरुपमा प्रयोगशालाबाट पुष्टि नभए पनि यो नयाँ प्रजाति नै हो ।’
संक्रमित किशोर किशोरी र युवाहरुको पनि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता परेको उनले बताए ।
- ADVERTISEMENT -

भेन्टिलेटर र आईसियुमा ३२ जना उपचाररत
May 2, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
