देवघाट / देवघाट गाउँपालिका प्रवेश नाकाहरुमा थप कडाइ गरिएको छ । कोरोना भाइरस (कोबिड–१९) बाट देवघाटबासीलाई थप सुरक्षित राख्न देवघाट प्रवेश नाकाहरुमा थप कडाई गरिएको देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार गत सातादेखि नै हेल्प डेक्स राखिएको भए पनि शनिवारदेखि थप कडाई गर्न अनावश्यक आवातजावत गर्ने व्यक्तिहरुलाई सम्झाई बुझाई फर्काइएको छ । देवघाटका विभिन्न आश्रमहरुमा धेरै वृद्धवृद्धाहरु बस्ने भएकोले उनीहरुको सुरक्षाको लागि पनि नाकाहरुमा थप कडाइ गर्न स्वयम् उपस्थित भएको उनको भनाइ छ ।
देवघाट दैनिक नृत्य, पाठ, पुजा गर्ने धार्मिक स्थल भएकाले सकेसम्म थोरैको उपस्थिति र सामाजिक दुरी कायम गराइने देवघाट क्षेत्र बिकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताए ।
देवघाट गाउँपालिकाले कोविड–१९ रोकथामको लागि सचेतनामूलक कार्यक्रम, स्वास्थ्य मापदण्ड, सामाजिक दूरी संचालन गरिएको र कसैलाई कोरोना पोजेटिभ देखिएमा होम आईसोलेसनमा बस्ने व्यवस्था मिलाइएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले भने ।
देवघाट प्रवेश गर्ने मुख्य नाखाहरुमा आवातजावत गर्ने मानिसहरुको विवरण संकलन गरिएको छ । देवघाट प्रवेश नाकाहरु पुरानो झोलुङ्गे पुल, दासढुङ्गा, पक्की पुल र झोलुङ्गे जुगेडी पुलहरुमा नेपाल प्रहरी, देवघाट गाउँपालिका नगर प्रहरी, जनप्रतिनिधि र युवाहरु सहितको हेल्प डेक्स राखिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

देवघाट मुख्य प्रवेश नाकामा थप कडाइ, अध्यक्ष थापा स्वयम् परिचालित
May 9, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
