February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बैशाख अनुसारनै बिल तिर्न प्राधिकरणको आग्रह

May 21, 2021

चितवन / वैशाखमा उठेको बिल अनुसार नै जेठको महसुल तिर्न विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले उपभोक्ताहरुलाई आग्रह गरेको छ । कोरोना महामारीका कारण मिटर रिडरहरु घर–घरमा पुगेर मिटर रिडिङ गर्न सक्ने स्थिति नरहेकाले बैशाखमा तिरेको महसुल अनुसार नै जेठमा महसुल भुक्तानी गर्न प्राधिकरणले सूचना जारी गरेको हो ।
सोही अनुसार उपभोक्ताको महसुल पोष्टिङ हुने प्राधिकरणले जनाएको छ । मिटरमा उठेको बिल अनुसार नै महसुल भुक्तानी गर्न चाहनेले फोन गरेर मिटरमा उठेको अंक टिपाउन पनि सक्ने भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताए । नम्बर टिपाउन ०५६–५९४०८० र ५९४८८२ मा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म फोन गर्न सकिने उनको भनाइ छ ।
निषेधाज्ञा जारी रहेकाले सकभर घरमै बसेर अनलाइन प्रणालीबाट महसुल तिर्न सुझाइएको छ । अनलाइन प्रणालीमा पहुँच नभएका उपभोक्ताका लागि आइतबार, मंगलबार र बिहीबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म महसुल काउण्टर खुला राखिने सापकोटाले बताए । अनलाइन प्रणालीमा पहुँच नभएका र काउण्टरसम्म पनि पुग्न नसक्ने उपभोक्ताका लागि निषेधाज्ञा खुलेको एक हप्तासम्म कुनै किसिमको जरिवाना नलाग्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
निषेधाज्ञा खुलेको एकहप्ता भित्र काउण्टरमा पुगेर महसुल तिर्न पनि सकिने छ ।

- ADVERTISEMENT -