काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
- ADVERTISEMENT -

नेपालमा थप ७४२५ जना कोरोना संक्रमित
May 24, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
