चितवन / भरतपुर वडा नं. १६ मा गरिएको दोस्रो चरणको एन्टिजेन परीक्षणको नतिजा सतप्रतिशत आएको छ । बुधबार गरिएको १३ जनाको एन्टिजेन परीक्षणमा उनीहरु सबैको नतिजा सतप्रतिशत (नेगेटिभ) आएको वडाअध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
वडाअध्यक्ष हमालका अनुसार एन्टिजेन परीक्षणका लागि २७ वटा किट ल्याइएको हो । निषेधाज्ञाका कारण कोरोना संक्रमण फैलिन नपाएको र नगरवासीहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएकोले पनि नतिजा सतप्रतिशत राम्रो आएको उनको भनाइ छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन अझै केही समय निषेधाज्ञा जरुरी भएको उनले भने । कोरोना रोकथामको लागि अन्य कुनै विकल्प नभएका कारण निषेधाज्ञा नै यसको उपचार भएको उनले बताए ।
पछिल्लो समयमा दोस्रो लहरको कोरोना भाइरस तिब्र रुपमा फैलिरहेको र अझ पनि समस्या टरी नसकेकोले सबै नगरवासीहरुलाई सचेत हुन पनि उनले आग्रह गरेका छन् ।
यसअघि पहिलो चरणमा २२ जनाको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । वडामा प्रत्येक हप्ता बुधबार एन्टिजेन परीक्षण हुँदै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर–१६ मा नतिजा सतप्रतिशत, एन्टिजेनमा १३ जनाकै नेगेटिभ
May 27, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
