काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ७२१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । बुधबार प्रेस ब्रिफिङमार्फत थप ७२१९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना छन्।
यस्तै थप ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै १ लाख १ हजार ९९३ जना कोरोना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७५४६ जना पुगेका छन् ।
एकैदिन ७२१९ कोरोना संक्रमणमुक्त, थप ५३१६ संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
