चितवन / देवघाट गाउँपालिकाले तीन पटकसम्म सूचना प्रकाशित गरे पनि टेण्डर कहिँ कतैबाट माग भएको छैन । गाउँपालिकाले ढुंगा गिट्टी र बालुवामा टेण्डर आह्वान गरे पनि यसपटक माग कतैबाट नभएपछि राजश्व संकलनमा गिरावट आउने बिहीवार अध्यक्ष दुर्गाबहादुर थापाले बताए ।
अध्यक्ष थापाका अनुसार २०७७ माघ १४ गते, फागुन १३ गते र २०७८ बैशाख ६ गते ३ पटकसम्म सूचना प्रकाशित गरिएको हो । विज्ञप्तीमा गत वर्ष पनि लकडाउनका कारण ढुंगा, गिटी र बालुवा उठाउन नपाएका कारण राजश्व संकलनमा कमी आएको उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा तीन पटक सूचना आह्वान गरे पनि टेण्डरको माग नभएपछि राजश्व गुम्ने खतराले प्रक्रियागत रुपमा सन्ध्या सन्देश निर्माण सेवालाई रु ३० लाखमा काली भतेरि र भुवनटार घाटबाट नदिजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन गर्न अनुमति दिइएको उनले भने ।
नदिजन्य पदार्थ उत्खनन संकलित राजश्व ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा विकासका कामहरुमा लगानी गरिने उनको भनाइ छ । साथै देवघाट गाउँपालिकाको वनपैदावर, ढुंगा, गिट्टी र बालुवा विकास निर्माण कार्यमा देवघाटका युवाहरुलाई प्राथमिकतामा राखिने देवघाट गाउँपालिकाले जनाएको छ ।
तीन पटकसम्म टेण्डर नलागेपछि …

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
