March 16, 2025
- ADVERTISEMENT -

२४ घण्टामा थप ३७५० कोरोना संक्रमण, ५२२५ जना संक्रमणमुक्त

June 11, 2021

काठमाडौँ / पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल परीक्षण १५ हजार १८२ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ९ हजार ५९८ जना र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनामा परीक्षण गर्दा जसमध्य २७०९ जना र १०४१ जना गरि जम्मा ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । आज कोरोन संक्रमणबाट ५२२५ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ३०५ पुगेको छ ।

- ADVERTISEMENT -