२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

पाँचै जनाको नेगेटिभ, लगातारको वर्षाले परीक्षणमा अवरोध

प्रकाशित मिति : २०७८ असार ३ गते
Photo : newsprabah.
- ADVERTISEMENT -

चितवन / भरतपुर वडा नं. १६ मा गरिएको एन्टिजेन परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि बुधबार गरिएको ५ जनाको एन्टिजेन परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
वडा अध्यक्ष हमालले केही अघि दिन अघि देखिको भारी वर्षाका कारण एन्टिजेन परीक्षणका लागि स्थानीय वडावासी उपस्थित हुन नसकेको बताए । समुदायस्तरमा अझै पनि कोरोना संक्रमण कायमै रहेकोले शंका लागेका व्यक्तिहरुले परीक्षणका आउन उनले अपिल गरे ।
उनका अनुसार स्थानीयमा अझै पनि जनचेतना कमी भएको उनको बुझाई छ । स्थानीयस्तरमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड तथा सामाजिक जनचेतनाका लागि दैनिकजसो घरदैलो कार्यक्रम नै सुरु गरिएको उनले बताए । कोरोना महामारी अझै पनि कायम रहेकोले सबै स्थानीयवासीमा सचेत तथा स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे ।
वडामा एन्टिजेन परीक्षणका लागि ५० वटा किट ल्याइएको थियो भने अघिल्लो साताको एन्टिजेन परीक्षणमा सात जनामा संक्रमण देखिएको थियो । वडामा प्रत्येक हप्ता बुधबार एन्टिजेन परीक्षण हुँदै आएको उनले जानकारी दिए ।

- ADVERTISEMENT -