२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

सिद्धि छात्राबासमा खाद्यान्न समस्या, सहयोगको अपिल (भिडियो सहित)

प्रकाशित मिति : २०७८ असार ३ गते
सिद्धि छात्रावासमा आश्रित चेपाङ बालबालिकाहरु । (इन्सेकमा संरक्षक - भरत चेपाङ) फोटो : न्यूजप्रवाह ।


चितवन । मानव समुदाय अहिले कोरोना महामारीको विषम परिस्थितिबाट गुज्रिरहेको छ । तराईदेखि पहाडसम्म यसको प्रभाव फैलिँदै गइरहेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण भन्दै जारी गरेको निषेधाज्ञाका कारण देशको कतिपय विकट ठाउँमा मानिसहरु भोकभोकै हुन बाध्य छन् ।
अहिले विशेषगरी विकट ठाउँका चेपाङ समुदायमा खाद्यान्नको अभाव भएको विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा छाएका छन् । उनीहरुमा खाद्यान्न अभावको समस्या विकराल हुँदै गएको छ ।
यस्तै कालिका नगरपालिका वडा नं. १०, तीन दोभानमा सुनौलो किरण संस्थाद्वारा सञ्चालित सिद्धि छात्रावासका चेपाङ बालबालिकाहरु खाद्यान्न समस्याबाट जुध्दै आएका छन् ।


सिद्धि छात्रावासका संरक्षक भरत चेपाङले आजभन्दा ४ वर्षअघि प्रारम्भ गरेको छात्रावासको २०७६ सालबाट वैधानिकरुपमा सञ्चालनमा आएको हो । सो छात्रावासका संरक्षक चेपाङले आफ्नै निवासमा सञ्चालन गर्दै आएका छन् ।
संरक्षक चेपाङले सो छात्रावासमा वास्तविक पीडित, भौगोलिक विकटता र अति विपन्न चेपाङ बालबालिकाहरुलाई आश्रय दिँदै आएका छन् । घरमा खानकै समस्या, आर्थिक अवस्था ज्यादै नाजुक भएका चेपाङ बालबालिकाहरुलाई उक्त छात्रावासमा राखिएको उनी बताउँछन् ।
उनका अनुसार छात्रावासमा हाल ३५ जना चेपाङ बालबालिकाहरुले आश्रय लिइरहेका छन् । छात्रावासमा छात्र र छात्राका अलग अलग दुईवटा कोठा विभाजन गरिएको छ । छात्रतर्फ ३ वटा खाट र छात्रातर्फ ३ वटा खाट राखिएका छन् ।
छात्रतर्फ तीन वटा खाटमा १५ जना र छात्रातर्फ अर्को तीन वटा खाटमा १५ जना अटाई–नअटाई दयनीय अवस्थामा सुत्ने गरेका छन् । छात्रावासमा रहेका ठूलठूला बच्चाहरु सिद्धि गाविसकै छन् भने अन्य सानासाना बालबालिकाहरु कालिका नगरपालिका वडा नं. ९ र १० का रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement


यसअघि २० जना चेपाङ बालबालिकाहरुलाई उनीहरुको अनुकूलअनुसार अन्य स्थानमा स्थानान्तरण गरिसकिएको उनी बताउँछन् । ‘आमाबुबा नभएका, पढ्न इच्छा भएका नानीबाबुहरुलाई उद्धार गर्दै आएको छु,’ उनले भने, ‘उनीहरुको पढ्न पाउने नैसर्गिक अधिकार, सुनिश्चित भविष्य, समाज रुपान्तरणका लागि लड्दै आएको छु ।’
हाल छात्रावासको अवस्था निकै नै दयनीय रहेको र आश्रित विपन्न चेपाङ बालबालिकालाई सहयोगी मनकारीहरुको आवश्यकता खड्किएको उनी भन्छन् । ‘सुरूमा आफ्नै सम्पत्ति १० कठ्ठा जग्गा बेचेर संस्था सञ्चालन गरेको हो,’ उनी भन्छन्, ‘वैदेशिक रोजगारीबाट कमाएको ३ वर्षको सम्पत्ति पनि यसै छात्रावासलाई दान दिएको हुँ ।’
उनी आफू पनि पीडित र पढ्न पाउने अधिकारबाट वञ्चित भएकोले बालबालिकाहरुको पढ्न पाउने नैसर्गिक अधिकारको लागि अभियानकै रुपमा सञ्चालन गरेको बताउँछन् ।
बालबालिकाहरु भविष्यमा राम्रो मान्छे बनून् र दुःख नपाऊन् भनेर समाज रुपान्तरणको लागि उनी होमिएका छन् । एक वटा भवन निर्माण गर्ने लक्ष्य राखेका उनी त्यही भवनमा स्थानान्तरण गर्न सकिएमा बालबालिकाहरुलाई पढ्न र बासको राम्रो व्यवस्था हुने सपना देखेका छन् । त्यसो भएमा बालबालिकाहरुमा बढी उत्साह र जाँगर मिल्ने उनको विश्वास छ ।
‘बालबालिकाको लागि छुट्टै भवन बनाउने चाहना छ,’ उनले भने, ‘मनकारी दाताको खोजीमा छु, त्यसका लागि २/३ कठ्ठा भवन निर्माणको लागि छुट्याएको छु ।’
हाल उनीसँग अझै १० कठ्ठा जग्गा रहेको उनको भनाइ छ । सदरमुकामबाट करिब २२ कि.मी. टाढा विकट ठाउँ भएको र मिडिया पहुँच नभएकै कारण बालबालिकाहरुलाई पालनपोषणको लागि हम्मेहम्मे परेको उनको भनाइ छ ।
विभिन्न सामाजिक सञ्जाल र मिडियामा सिद्धि छात्रावासलाई सहयोगको लागि शेयर गरी दिनुहुन उनले सबैलाई आग्रह पनि गरेका छन् । मनकारी सहयोगी व्यक्ति तथा संघसंस्थाहरुलाई संस्थाको फोन नं. ९८६५०७५४२४ र ९८६४१७८३६६ मा सम्पर्क गर्न पनि उनले अपिल गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11