काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ४ सय ८४ जनाको पीसीआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६ सय ४ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार ७७१ जनाको पिसिआर र ४ हजार ७७३ जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरमार्फत १ हजार ७६८ जना र एन्टीजेटमार्फत ८३९ जना संक्रमित पुष्टि भएका हुन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४५ हजार ६ सय ६२ जना संक्रमित निको भइसकेका छन्।
आज ४०२० जना संक्रमणमुक्त, थप २७६८ संक्रमित
June 18, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
