चितवन / भारी वर्षाका कारण चितवनका विभिन्न भू–भागहरु डुबानमा परेका छन् । राप्ती–७ भण्डाराको पम्फा खोलाको बाँध भत्किएपछि डुंडगाउँ वस्ती वरपरका १५ भन्दा बढी घरहरु डुबानमा परेको साङ छेवाङ टासी बौद्ध गुम्बाका अध्यक्ष तथा संचारकर्मी राजेश रुम्बा तामाङले जानकारी दिए ।
त्यस्तैगरी रामपुर झरना हुँदै बग्ने जुवा खोला पुललगायत आसपासका घरहरु पनि पूर्ण रुपमा डुबान रहेको उनले भने । बाढीले घरहरु डुबानमा परे पनि मानवीय क्षति केही नभएको बताइएको छ ।
भारी वर्षाका कारण राप्ती नगरपालिका–७ भण्डारा आसपासका क्षेत्रमा बुधबार बेलुकादेखि नै बिजुली तथा इन्टरनेट अवरुद्ध भएको छ ।
बाढीले २० घर डुबानमा
अविरल वर्षाले बुढी राप्ती खोलामा आएको बाढीले बाघमारामा २० घर पुर्ण रुपमा डुबानमा परेको ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्र रानाले जानकारी दिए । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तीमा बुढी राप्ति खोला पसेपछि सबैको उद्धार गरिएको डिएसपी रानाले बताए ।
त्यस्तै रत्ननगर—१६ स्थित कयर खोलामा आएको बाढीले बगाएका स्कुटर र महिलाको उद्धार गरिएको प्रहरीले बताए । वर्षाका कारण पूर्वी चितवनको प्रायः सबै खोलामा पानीको सहत खतराको लेभलमा पुगेको छ ।
यस्तै भरतपुर १६ झनझने भएर बग्ने नारायणी नदिमा पानीको बहाव बढ्दै छ । गतवर्ष झनझनेमा नारायणी नदि पसेर गाउँ नै डुबानमा परेकोले अहिले सबैलाई सुरक्षा सतर्कता अपनाउन अपिल गरिएको भरतपुर महानगरपालिका वडा नं. १६ का अमृतराज हमालले जानकारी दिए ।
अहिले पनि खतरा टरी नसकेको हुनाले त्यस वरपरका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको उनले भने । मानवीय क्षति हुन नदिनका लागि उद्धार समिति नै गठन गरिएको र उनीहरुलाई सावधानी रहन निर्देशन दिइएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

चितवनमा बाढीले ३५ बढी घर डुबानमा, बिजुली र इन्टरनेट अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36












