चितवन / भारी वर्षाका कारण चितवनका विभिन्न भू–भागहरु डुबानमा परेका छन् । राप्ती–७ भण्डाराको पम्फा खोलाको बाँध भत्किएपछि डुंडगाउँ वस्ती वरपरका १५ भन्दा बढी घरहरु डुबानमा परेको साङ छेवाङ टासी बौद्ध गुम्बाका अध्यक्ष तथा संचारकर्मी राजेश रुम्बा तामाङले जानकारी दिए ।
त्यस्तैगरी रामपुर झरना हुँदै बग्ने जुवा खोला पुललगायत आसपासका घरहरु पनि पूर्ण रुपमा डुबान रहेको उनले भने । बाढीले घरहरु डुबानमा परे पनि मानवीय क्षति केही नभएको बताइएको छ ।
भारी वर्षाका कारण राप्ती नगरपालिका–७ भण्डारा आसपासका क्षेत्रमा बुधबार बेलुकादेखि नै बिजुली तथा इन्टरनेट अवरुद्ध भएको छ ।
बाढीले २० घर डुबानमा
अविरल वर्षाले बुढी राप्ती खोलामा आएको बाढीले बाघमारामा २० घर पुर्ण रुपमा डुबानमा परेको ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्र रानाले जानकारी दिए । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तीमा बुढी राप्ति खोला पसेपछि सबैको उद्धार गरिएको डिएसपी रानाले बताए ।
त्यस्तै रत्ननगर—१६ स्थित कयर खोलामा आएको बाढीले बगाएका स्कुटर र महिलाको उद्धार गरिएको प्रहरीले बताए । वर्षाका कारण पूर्वी चितवनको प्रायः सबै खोलामा पानीको सहत खतराको लेभलमा पुगेको छ ।
यस्तै भरतपुर १६ झनझने भएर बग्ने नारायणी नदिमा पानीको बहाव बढ्दै छ । गतवर्ष झनझनेमा नारायणी नदि पसेर गाउँ नै डुबानमा परेकोले अहिले सबैलाई सुरक्षा सतर्कता अपनाउन अपिल गरिएको भरतपुर महानगरपालिका वडा नं. १६ का अमृतराज हमालले जानकारी दिए ।
अहिले पनि खतरा टरी नसकेको हुनाले त्यस वरपरका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको उनले भने । मानवीय क्षति हुन नदिनका लागि उद्धार समिति नै गठन गरिएको र उनीहरुलाई सावधानी रहन निर्देशन दिइएको उनको भनाइ छ ।
- ADVERTISEMENT -
चितवनमा बाढीले ३५ बढी घर डुबानमा, बिजुली र इन्टरनेट अवरुद्ध
July 1, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -