२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्पेन र इटाली युरोकप–२०२० को सेमिफाइनलमा

प्रकाशित मिति : २०७८ असार १९ गते

काठमाडौं / स्पेन र इटाली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेका छन् । युरोकपको शुक्रबार राति भएको दुई वटा क्वार्टरफाइनल खेलहरुमा स्पेनले स्वीट्जरल्याण्डलाई र इटालीले बेल्जियमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
जसअन्तर्गत पहिलो क्वाटरफाइनलमा १० खेलाडी समेटिएको स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुगेको हो । स्पेनका गोलकिपर उनाई सिमोनले दुई प्रहार रोकेका थिए । स्वीस गोलकिपर यान सोमेरले एक पेनाल्टी रोकेपनि तीन खेलाडी गोल गर्न असफल हुँदा बाहिरिनु प¥यो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा थप गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
जर्मनीसँगै सर्वाधिक तीन पटकको च्याम्पियन स्पेन भने ९ वर्षपछि सेमिफाइनलमा पुगेको छ । २००८ र २०१२ मा लगातार उपाधि जितेको स्पेन २०१६ मा भने क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
त्यस्तैगरी जर्मनीको म्युनिकमा भएको दोस्रो क्वाटरफाइनल खेलमा इटलीले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरेका थिए । बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल फर्काए ।
प्रतियोगिताको ३२औं मिनेटमा निकोलो बरेलाले मार्को भेराटीको पासमा गोल गर्दै इटलीले खाता खोलेका थिए । पुनः ४४औं मिनेटमा लरेन्जो इनसिग्नेले गोल गर्दै इटलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमका लुकाकुले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटाए ।
बेल्जियममाथि जित हातपारेसँगै इटलीले अपराजित यात्रालाई ३२ खेलसम्म पु¥याएको छ । यस संस्करण युरोकपमा इटलीले लगातार पाँच खेल जितिसकेको छ, जसमा ११ गोल गर्दा जम्मा २ गोल मात्र बेहोरेको छ ।
युरोकपका लागि स्पेन र इटाली अब सेमिफाइनलमा भिड्ने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34