काठमाडौं / स्पेन र इटाली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेका छन् । युरोकपको शुक्रबार राति भएको दुई वटा क्वार्टरफाइनल खेलहरुमा स्पेनले स्वीट्जरल्याण्डलाई र इटालीले बेल्जियमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
जसअन्तर्गत पहिलो क्वाटरफाइनलमा १० खेलाडी समेटिएको स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुगेको हो । स्पेनका गोलकिपर उनाई सिमोनले दुई प्रहार रोकेका थिए । स्वीस गोलकिपर यान सोमेरले एक पेनाल्टी रोकेपनि तीन खेलाडी गोल गर्न असफल हुँदा बाहिरिनु प¥यो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा थप गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
जर्मनीसँगै सर्वाधिक तीन पटकको च्याम्पियन स्पेन भने ९ वर्षपछि सेमिफाइनलमा पुगेको छ । २००८ र २०१२ मा लगातार उपाधि जितेको स्पेन २०१६ मा भने क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
त्यस्तैगरी जर्मनीको म्युनिकमा भएको दोस्रो क्वाटरफाइनल खेलमा इटलीले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरेका थिए । बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल फर्काए ।
प्रतियोगिताको ३२औं मिनेटमा निकोलो बरेलाले मार्को भेराटीको पासमा गोल गर्दै इटलीले खाता खोलेका थिए । पुनः ४४औं मिनेटमा लरेन्जो इनसिग्नेले गोल गर्दै इटलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमका लुकाकुले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटाए ।
बेल्जियममाथि जित हातपारेसँगै इटलीले अपराजित यात्रालाई ३२ खेलसम्म पु¥याएको छ । यस संस्करण युरोकपमा इटलीले लगातार पाँच खेल जितिसकेको छ, जसमा ११ गोल गर्दा जम्मा २ गोल मात्र बेहोरेको छ ।
युरोकपका लागि स्पेन र इटाली अब सेमिफाइनलमा भिड्ने छन् ।
स्पेन र इटाली युरोकप–२०२० को सेमिफाइनलमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
