२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

माडीको रिउ खोलामा डुबर एक युवकको मृत्यु

प्रकाशित मिति : २०७८ असार २५ गते
File photo.
- ADVERTISEMENT -

चितवन / माडीको रिउ खोलामा पौडी खेल्ने क्रममा डुवेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हुम्लाको र्खकुनाथ गाउँपालिका घर भएका २१ वर्षीय हिकमत शाही रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
कार्यालयका अनुसार माडी नगरपालिका वडा नम्बर ६ मा रहेको दिवाकर स्कृति प्राविधिक बिद्यालयमा अध्ययनरत उनी शुक्रबार दिउँसो करिब १२ः३० बजे रिउ खोलामा डुवेर वेपत्ता भएका थिए ।
बेपत्ता भएका शाहीको शब माडी नगरपालिका वडा नम्बर ३ स्थित रिउ खोलामा भेटिएको प्रहरीले बताए । साथीहरुसँग पौडी खेल्न गएका उनको शव दिउँसो १ बजेतिर भेटिएको र पोष्र्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -