April 29, 2025

आज नेताको ‘हेड काउन्ट’ गर्दै निर्वाचन आयोग

July 26, 2021
- ADVERTISEMENT -

काठमाडौं / निर्वाचन आयोग पुगेर छुट्टिने सहमति गरेका जनता सामाजवादी पार्टी (जसपा) का दुई पक्षका नेताको सोमबार ‘हेड काउन्ट’ हुँदैछ। जसपाको आन्तरिक विवाद टुंग्याउन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत लिन लागेको हो।
यसका लागि आयोगले दुवै पक्षका नेतालाई सोमबार नागरिकतासहित सशरीर आयोगमा बोलाएको छ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद भएपछि दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेका छन्। यादव पक्षले आफ्नो पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएको दाबी गर्दै निर्वाचन आयोग गएको थियो।
त्यस्तै ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने दाबी गरिरहेको छ। विवाद टुंग्याउन आयोगले साउन ११ गते आयोगमा सनाखतका लागि सशरीर उपस्थित हुन भनेको थियो।
तर त्यसविरुद्ध ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दिएको थियो। यद्यपि अदालतले ठाकुर पक्षको माग बमोजिम आइतबार अन्तरिम आदेश दिन अस्विकार गरेको छ।
सोमबार नेताको ‘हेड काउन्ट’ गरेर आयोगले बहुमत रहेको पक्षलाई आधिकारिकता प्रदान गर्ने अनुमान गरिएको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -