April 13, 2024

राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न आदेश

July 27, 2021

मुम्बई / मुम्बईको उच्च अदालतले व्यवसायी राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा पठाएको छ । मुम्बई प्रहरीले राजलाई पोर्नोग्राफी फिल्म बनाएको र एपमार्फत प्रचार गरेको आरोपमा गत जुलाई २२ मा पक्राउ गरेको थियो ।
अदालतले राजसँगै रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । मुम्बई प्रहरीका अनुसार क्राइम ब्राञ्चमा फेब्रुअरी २०२१ मा राजविरुद्ध पोर्नोग्राफी फिल्म उत्पादन र बिक्रीवितरणको आरोपमा उजुरी परेको थियो ।
प्रहरीले यो मामलामा राजको संलग्नताको विषयमा पर्याप्त प्रमाण भेटिएको जनाएको छ । उनी बलिउड फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति हुन् । बीबीसी

- ADVERTISEMENT -