२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

महाप्रबन्धक राईबाट रासस भरतपुर कार्यालयको अनुगमन तथा निरीक्षण

प्रकाशित मिति : २०७८ श्रावण १३ गते
- ADVERTISEMENT -

भरतपुर / राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले रासस भरतपुर कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । महाप्रबन्ध राईले मंगललबार कार्यालयको अवस्था र भएका कामका विषयमा जानकारी लिए । सो अवसरमा उनले सत्य, तथ्य र यथार्थपरक गुणस्तरीय समाचार सम्प्रेषणमा राससकर्मी लाग्नुपर्ने बताए ।
जिल्लाका हरेक पालिकाका खबर राससमार्फत आइरहेकाले त्यसलाई अझै प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने उनको भनाइ थियो । महाप्रबन्धक राईले राससलाई थप परिष्कृत र परिमार्जित गरी सुदृढ बनाउँदै लैजाने बताए । चितवनका कार्यालय प्रमुख नारायण अधिकारीले कार्यालयको भवन जीर्ण बन्दै गएकाले नयाँ भवनका लागि पहल गरिदिन आग्रह गरे ।
उनले रासस चितवनबाट भएका काम कारवाही र गतिविधिका विषयमा समेत जानकारी गराएका थिए । निरीक्षणका क्रममा राससका प्रशासन प्रमुख उत्तम सिलवाल, सह–समाचारदाता प्रकाश सिलवालको सहभागिता थियो ।

- ADVERTISEMENT -