काठमाडौं / नेपाली कांग्रेसको बैठक आज २ बजे बस्दैछ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बताइएको छ ।
बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने स्रोतले बताएको छ । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो । सो समय आज दिउँसो सकिंदै छ ।
बैठकमा सत्ता गठबन्धनको विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ । मन्त्रिपरिषद विस्तारका साथै सरकारका काम कारबाहीका विषयमा छलफलसमेत छलफल हुने कांग्रेस निकट स्रोतले बतायो ।
कांग्रेस पदाधिकारीको बैठक दिउँसो २ बजे बस्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
