April 13, 2024

मकवानपुरको धोर्सिङमा पहिरो, भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

August 2, 2021
File Photo

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ धोर्सिङस्थित सडकखण्डमा गएराति गएको पहिरोका कारण यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सोही सडकखण्डको अन्य ५ स्थानमा पनि सानो तथा ठूलो पहिरो गएको कारणले सवारी साधनहरु भैसे देखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतिक्षामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको भएपनि अझै ५ घण्टापछि मात्रै सडक सुचारु हुने छ ।
काठमाडौं जाने अन्य मार्गहरु भने संचालनमा रहेको प्रहरीको भनाई छ ।

- ADVERTISEMENT -