मकवानपुर / कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय हेटौंडामा अनलाइनबाट परीक्षा संचालन गर्न माग गर्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।
परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले भौतिक उपस्थितिमा उपस्थिति नभई अलाईनमार्फत परीक्षा संचालन गर्न माग गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (क्रान्तिकारी) ले अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।
संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा अहिलेको विषम परिस्थितिमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने वातावरण नरहेको र विश्वविद्यालयले अघि सारेको वैकल्पिक शिक्षण कार्यविधि २०२० अनुरुप अनलाइन परिक्षा तोकिउकै समयमा गर्नको लागि २४ घण्टाको अल्टिमेटम समय दिएको संयुक्त विद्यार्थी संगठनले जनाएका छन् ।
उक्त विज्ञप्तिमा विश्वविद्यालयले यस्तो विषम परिस्थीतिमा समेत विद्यार्थीको स्वास्थ्यलाई ख्याल नगरि भौतिक रुपमा परिक्षा लिने निर्णय नसच्याएमा र विद्यार्थीका जायज माग पुरा नभएमा आन्दोलनलाई जारी राख्ने उल्लेख छ ।
अनलाईनमार्फत परीक्षाको माग, विद्यार्थी संगठनहरुको तालाबन्दी
August 15, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
