२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बोष्टन कलेजको ‘बोष्टन बिजनेस पिच प्रतिस्पर्धा’ सम्पन्न

प्रकाशित मिति : २०७८ भाद्र २ गते

चितवन / बोष्टन ईन्टरनेशनल कलेजले जुम भर्चुलमार्फत ‘बोष्टन बिजनेस पिच प्रतिस्पर्धा’ को दोस्रो सत्र सम्पन्न गरेको छ । कलेजले एमबिए कार्यक्रम अन्तर्गत चौथो ट्राईमेस्टरमा ‘उद्यमशीलता र नवीनता’ विषय अध्ययनरत विद्यार्थीहरुको करिब ३ महिनाको परिश्रमलाई प्रदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । कार्यक्रममा ४ उद्यमहरुले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रमको निर्णायक भुमिकामा ‘डोल्मा ईम्प्याक्ट फण्ड’का ईएसजी ईम्प्याक्ट म्यानेजर सन्दिप श्रेष्ठ, ‘उपाय सिटी कार्गो’की बिजनेस डेभलप्मेन्ट अफिसर उत्साह खकुरेल एवम् बोष्टन कलेजका एसोसिएट डाईरेक्टर तथा उद्यमशीलताका वरिष्ठ प्राध्यापक पुष्पराज अधिकारी रहेका थिए ।


उक्त प्रतिस्पर्धामा ‘टिफीन फुड पार्टनर’ टिम विजयी भएको हो । प्रतिस्पर्धी टिमहरु थुंगा, ग्रोसरी रन र प्यागोडा क्याफेभन्दा आफुलाई अब्बल सावित गर्दै टिफीन फुड पार्टनर टिम विजयी भएको हो ।
बिजेता टिमलाई प्रोत्साहन स्वरुप रु. पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोष्टन कलेजले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
उक्त कार्यक्रममा अंकुरम एकेडेमीका प्राधानाध्यापक सुमन पौडेलले ‘अंकुरमको नवीन शिक्षा प्रणाली’ सम्बन्धी प्रस्तुति दिएका थिए । एमबिएका विद्यार्थीहरु बिच सञ्चालन गरिएको यो दोस्रो प्रतिस्पर्धा हो । यस्तै एक प्रतिस्पर्धा गत फाल्गुनमा पनि आयोजना गरिएको थियो । यो प्रतिस्पर्धा चौथो ट्राईमेस्टरका विद्यार्थीहरु बिच हुने गर्दछ ।
विद्यार्थीहरुलाई उद्यमशीलता सम्बन्धी प्रयोगात्मक सीप सिकाउन उक्त प्रतिस्पर्धा उपयोगी रहेको आयोजकले दाबी गरेको छ । उक्त कार्यक्रम बिआईसी स्टार्टअप्सका प्रमुख एवम् उद्यमशीलता र नवीनता विषयका अध्यापक प्रेम गैरेले स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रमको अध्यक्षता बोस्टनका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाइले गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58