January 14, 2025
- ADVERTISEMENT -

‘म नेकपा एकिकृत समाजवादीको पक्षमा छु’ – पूर्व अध्यक्ष खनाल

August 21, 2021

काठमाडौँ / नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माधव नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) प्रति आफ्नो पूर्ण साथ समर्थन रहेको उल्लेख गरेका छन् ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहेका नेता खनालले एमालेमा प्रतिगमनकारी र स्वेच्छाचारीहरु हावी हुँदै गएकोले नयाँ दल दर्ता गरी कम्युनिष्ट विचारधारा बोक्नेहरुलाई एकताको सुधमा बाँध नेकपा एकिकृत समाजवादी गठन भएको बताए ।
एमाले संस्थापन पक्षले माधव नेपालले नेतृत्व गरेको पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएका बेला खनालले नयाँ पार्टीलाई आफ्नो साथ र समर्थन रहेको औपचारिक रुपमै उल्लेख गरेका छन् ।
एमालेका पूर्वअध्यक्षसमेत रहेका उनले आफ्नो साथ र समर्थन माधव पक्षलाई रहेको स्पष्ट पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -