January 24, 2025
- ADVERTISEMENT -

नेपालमा २२४८ संक्रमणमुक्त, संक्रमित थप १९२० जना

August 22, 2021

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप २२४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रतिशतमा निको हुने दर ९३.४ रहेको छ ।
यस्तै मन्त्रालयका अनुसार थप १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७०२ र एन्टिजेन विधिबाट २१८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमार्फत सो संख्यामा कोरोना संक्रमित फेला परेको हो ।
यससँगै कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ४७ हजार ४३३ र एन्टिजेनबाट ८० हजार २०९ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -