January 13, 2025
- ADVERTISEMENT -

मकवानपुरमा बिहिबार ३५ जनामा कोरोना पुष्टि

August 26, 2021

मकवानपुर / मकवानपुरमा आज थप ३५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बिहिबार मकवानपुरमा ११६ जनाको एन्टीजेन र पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, ८२ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा र ३४ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३१ जना, थाहानगरपालिकाका एक जना र भीमफेदी गाउँपालिकाका ३ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १४ हजार ६ सय १९ जना पुगेको छ ।
त्यस्तै, जिल्लामा आज ८ जना कोरोना मुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका ८ जना कोरोना मुक्त भएका हुन् यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार २ सय ३२ जना रहेका छन् ।
यसैगरी, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५९ जना पुगेको छ । बिहिबार जिल्लामा कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -