January 15, 2025
- ADVERTISEMENT -

भरतपुर अस्पतालको मेसुमा प्रा.डा पौडेल नियुक्त

August 30, 2021

चितवन / चितवनस्थित भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा प्रा.डा कृष्ण प्रसाद पौडेल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार प्रा.डा पौडेललाई मेडिकल सुपरिटेण्डेण्ट नियुक्त गरेका हुन् । उनी यसअघि पनि अस्पतालको मेसु थिए। मन्त्रालयले डा रोशन न्यौपानेको स्थानमा हाडजोर्नी विशेषज्ञ प्रा डा पौडेललाई मेसुमा नियुक्त गरेको हो।
यसअघि अस्पतालमा डा रोशन न्यौपाने मेसु थिए । छोटो समयमा नै मेसु परिवर्तन भईरहँदा भरतपुर अस्पताल व्यवस्थित हुन नसकेको गुनासो रहँदै आएको छ । अस्पतालमा पछिल्लो २ वर्षमा ७ जना मेसु परिवर्तन भइसकेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -