January 14, 2025
- ADVERTISEMENT -

सवारीसाधनको ठक्करले मृगको मृत्यु

August 31, 2021
Photo : Halkaro

चितवन / चितवनको टिकौली जंगलमा सवारीसाधनको ठक्करले सोमबार एक भाले मृगको मृत्यु भएको छ । उक्त मृगलाई बाटो पार गर्नेक्रममा ठक्कर दिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
उनका अनुसार ठक्कर दिने सवारीसाधनको हालसम्म पहिचान खुल्न सकेको छैन । ठक्कर दिएको ठाउंँमा मोटरसाइकलको भाइजर फुटेको देखिएकोले मोटरसाइकलले ठक्कर दिएको प्रहरीको अनुमान छ ।
जिल्ला वन कार्यालयको टोलीले मृग मृतको मुचुल्का उठाएर लगेको प्रनिउ अधिकारीले बताए । फरार रहेका सवारी चालकको खोजी कार्य भइरहेको र यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -