नवलपुर / अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी बर्दघाट–सुस्तापूर्व को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो ।
देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बाढी तथा पहिराले खानेपानीको मुख्य मूल गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेरै ठाउँमा पहिराले असर पु¥याउँदा खानेपानीको समस्या भएको बताउनुभयो ।
“पहिराले खानेपानीको मुहानमा असर पु¥याएको छ”, पुलामीले भन्नुभयो, “बाढीले खानेपानीको मुहान बितही खोला, पत्थर खोला र झ्यालबासमा गरी करिब दुई किलोमिटर पाइप नै बगाएको छ ।” अहिले खानेपानी वितरण पूर्णरूपमा बन्द भएको भन्दै अध्यक्ष पुलामीले विकल्पमा तीन वटा ट्याङ्करबाट पानी ल्याएर वितरण गरिएको भए पनि पर्याप्त हुन नसकेको बताउनुभयो ।
पानीको आपूर्ति पूर्णरुपमा बन्द भएपछि गाउँपालिकाको विभिन्न वडामा तीन हजार घरधूरीका १५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित भएको पुलामीले बताउनुभयो ।
मौसममा सुधार नआएसम्म खानेपानी वितरण सहज बनाउन नसकिने उहाँको भनाइ छ । विगतमा खानेपानीको पाइपलाइन विस्तार नहुँदा स्थानीयले खोला तथा चुवाडी ९मूल निस्किएको ठाउँ० को पानी प्रयोग गर्ने गरेका भए पनि बिहीबार आएको बाढीपहिराले चुवाडीको पानी प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको स्थानीयको भनाइ छ ।
हुनेखाने र बजार नजिक घर हुनेले बजारमा गएर बोतल तथा जारको पानी किनेर प्रयोग गर्ने गरेका उल्लेख गर्दै स्थानीय ओमबहादुर फाल मगरले आर्थिक अवस्था कमजोर हुने आकाशको पानी जम्मा गरेर खान बाध्य भएको बताउनुभयो ।
असारमा आएको बाढीले पानी वितरण गरिएको पाइमा क्षति पु¥याउँदा नियमित हुन नसकेको खानेपानी आपूर्ति भदौ १० गते आएको बाढीपहिराका कारण पूर्णरूपमा अवरुद्ध भएको मगरको भनाइ छ । रासस
- ADVERTISEMENT -

नवलपरासीमा बाढीले पाइप बगाउँदा खानेपानीको समस्या

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.10
149.70

European Euro
1
175.59
176.29

UK Pound Sterling
1
201.95
202.76

Swiss Franc
1
190.48
191.25

Australian Dollar
1
106.41
106.83

Canadian Dollar
1
108.15
108.59

Singapore Dollar
1
117.17
117.64

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.86
21.95

Saudi Arabian Riyal
1
39.74
39.90

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
40.59
40.76

Malaysian Ringgit
1
37.70
37.85

South Korean Won
100
10.09
10.13

Swedish Kroner
1
16.19
16.26

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.03
19.11

Kuwaity Dinar
1
486.70
488.66

Bahrain Dinar
1
395.23
396.82

Omani Rial
1
387.27
388.83












