February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा थप २००४ संक्रमित, १८४८ जना संक्रमणमुक्त

September 2, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय १९ र ३ हजार ९ सय ९२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज देशभर १ हजार ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार, हाल देशभर ३३ हजार ९ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा, २ हजार ३ सय २७ जना संस्थागत आइसोलेसनमा र १ सय ६६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर ३०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

- ADVERTISEMENT -