२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

भरतपुर अस्पतालमा ओपिडि सेवामा १ घण्टा थप

प्रकाशित मिति : २०७८ भाद्र २९ गते

चितवन / भरतपुर अस्पतालको ओपिडि (बहिरंग) सेवा असोज १ गतेदेखि थप १ घण्टा बढाइने भएको छ । जसअनुसार अस्पतालले अब दैनिक ६ घण्टा सेवा दिने भएको हो । यसअघि दैनिक पाँच घण्टा यो सेवा सञ्चालन दिँदै आएको थियो ।
दैनिक १० वजेबाट तीन वजेसम्म वहिरंग सेवा दिदै आएकोमा अब बिहान एक घण्टा थप गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्ण पौडेलले जानकारी दिए । डा पौडेलका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म काटिदैं आएको टिकट दिउँसो १२ बजेसम्म काटिने भएको छ ।
अस्पतालमा बिरामीको अत्याधिक चाप र बाहिरबाट आउनेले उपचार पाउन कठिन हुने गरेकाले वहिरंग सेवाको समय बढाइएको अस्पतालले जनाएको छ । संघीय अस्पताल भरतपुरमा ६ सय शैया रहेका छन् । चितवन सहित १९ भन्दा बडप् जिल्लाबाट बिरामी उपचारका लागि आउने यस अस्पतालमा एकै दिनमा दुई हजार जनासम्मले वहिरंग सेवा लिएको तथ्याङ्क छ ।
अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले लामो समय पालो कुर्नुपर्ने अवस्थालाई व्यवस्थापन गर्ने विषयमा अध्ययन भईरहेको बताए । उनले भने, ‘बिरामीको चाप बढ्दा सेवाग्राहीले घण्टौं कुर्नु पर्ने समस्या छ । यसरी ओपीडी समय विस्तार गर्दा बिरामीलाई राहत पुग्ने छ ।’ यसले कोभिड समयमा हुने भीडभाडबाट संक्रमण फैलन सक्ने जोखिम समेत कम हुने उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52