२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१२औँ राष्ट्रिय जनगणना आजबाट सुरु

प्रकाशित मिति : २०७८ भाद्र ३० गते

काठमाडौं / आजबाट १२औँ राष्ट्रिय जनगणना सुरु हुँदै छ । जनगणनाको पहिलो चरणअन्तर्गत आज बुधबारबाट घर तथा घरपरिवार सूचीकरणको सुरुवात हुनेछ । आजबाट कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो । राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आज बुधबारदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ ।
गत २७ र २८ भदौमा तालिम प्राप्त गरेका ८ हजार ५ सय सुपरिवेक्षक सूचीकरणमा खटिने छन् । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ । मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन् ।
यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ देखि घरपरिवार सूचीकरण, १७ जेठबाट गणक तालिम, २५ जेठबाठ मूल गणना कार्य थाल्ने कार्यक्रम थियो । तर, कोरोनाका कारण स्थगित जनगणना फेरि सुरु भएको हो । नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० मा जनगणना हुँदै आएको छ ।
यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ ।हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको अनुमान छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91