April 29, 2025

बागमती प्रदेश : कोरोनाविरुद्धको पूर्ण खोप लगाउने ३२ प्रतिशत

September 16, 2021
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेशमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संंख्या १८ लाख ७० हजार ७ सय पुगेको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्क अनुसार हालसम्म खोप लगाउन सकिने जनसंख्याको ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएका हुन् । बागमतीमा तीन लाख ४७ हजार १ सय १ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २ सय ४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४ सय १४ जनाले जोनसन एण्ड जोनसन खोप लगाएको जनाइएको छ ।
१८ बर्षभन्दा माथिका ३२ लाख ७८ हजार १ सय ७७ जना पूर्ण खोपको सुविधाबाट लाभान्वित हुन सकेका छैनन् । बागमती प्रदेशमा २५ लाख ३८ हजार २२५ को कोरोना सङ्क्रमण परीक्षण गर्दा चार लाख २५ हजार ७ सय ९२ अर्थात १६.७७ प्रतिशत व्यक्तिमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । संक्रमितमध्ये ४ लाख १० हजार २ सय ६८ अर्थात ९६.३५ प्रतिशत संक्रमण मुक्त भएका छन् । संक्रमणकै कारण मृत्यु हुनेको संख्या प्रदेशमा चार हजार ३ सय ७२ पुगेको छ ।
मकवानपुर जिल्लामा १० हजार ५९ जनाले कोभिसिल्ड, १४ हजार ३ सयले भेरोसेल र ५ हजार ९ सय २३ ले जोनसन एण्ड जोनसनको खोप लगाएका छन् । काठमाडौँमा एक लाख ३९ हजार ५१ ले कोभिसिल्ड, पाँच लाख ९८ हजार ५ सय ७७ ले भेरोसेल र एक लाख ५६ हजार २५ ले जोनसन खोप लगाएका छन् ।

- ADVERTISEMENT -