मकवानपुर / मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठमाथि बुधबार राति विरामीका आफन्तले आक्रमण गरेका छन् । आक्रमणबाट श्रेष्ठ घाइते भएको अस्पतालले जनाएको छ ।
सोही राति दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । विरामीलाई इमर्जेन्सी कक्षसम्म पुर्याउन स्टेचर नभएको भन्दै आक्रोशित भएका विरामीका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मी श्रेष्ठमाथि आक्रमण गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए । उनले यस विषयमा प्रहरीसमक्ष लिखित उजुरी दिइने पनि बताए ।
‘उहाँहरु कार चढेर आउनुभएको रहेछ, विरामीलाई इमर्जेन्सी कक्षसम्म पुर्याउन स्टेचर खोज्नुभएछ । तत्काल उपलब्ध नभएपछि स्वास्थ्यकर्मी श्रेष्ठमाथि आक्रमण गर्नुभयो । श्रेष्ठको गोडामा चोड लागेको छ ।’ प्रसाईँले भने । २० वर्षीया श्रेष्ठ अध्ययन पश्चात प्रशिक्षणका लागि हेटौंडा अस्पतालमा कार्यरत छिन् । स्टेचरको विषयमा सामान्य विवाद भएपछि विरामीका आफन्तले उनीमाथि आक्रमण गरेको बुझिएको छ ।
सो घटनापछि विरामीका आफन्तले बिरामीलाई तत्काल हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा लगेका थिए । हाल विरामीको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ ।
कोरोना संक्रमणको जोखिमका बेला रातको समयमा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोध गर्दै आवश्यक कारवाही प्रक्रिया अघि बढाउन हेटौंडा अस्पतालले जिल्ला प्रहरी कार्यालय मकवानपुरसमक्ष अनुरोध गरेको छ । उनले सीसीटीभी फुटेज र आवश्यक प्रमाणहरुसहित आज प्रहरीसमक्ष लिखित उजुरी दिने तयारी भइरहेको समेत बताए ।
हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी श्रेष्ठमाथि आक्रमण
September 16, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
