मकवानपुर / मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठमाथि बुधबार राति विरामीका आफन्तले आक्रमण गरेका छन् । आक्रमणबाट श्रेष्ठ घाइते भएको अस्पतालले जनाएको छ ।
सोही राति दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । विरामीलाई इमर्जेन्सी कक्षसम्म पुर्याउन स्टेचर नभएको भन्दै आक्रोशित भएका विरामीका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मी श्रेष्ठमाथि आक्रमण गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए । उनले यस विषयमा प्रहरीसमक्ष लिखित उजुरी दिइने पनि बताए ।
‘उहाँहरु कार चढेर आउनुभएको रहेछ, विरामीलाई इमर्जेन्सी कक्षसम्म पुर्याउन स्टेचर खोज्नुभएछ । तत्काल उपलब्ध नभएपछि स्वास्थ्यकर्मी श्रेष्ठमाथि आक्रमण गर्नुभयो । श्रेष्ठको गोडामा चोड लागेको छ ।’ प्रसाईँले भने । २० वर्षीया श्रेष्ठ अध्ययन पश्चात प्रशिक्षणका लागि हेटौंडा अस्पतालमा कार्यरत छिन् । स्टेचरको विषयमा सामान्य विवाद भएपछि विरामीका आफन्तले उनीमाथि आक्रमण गरेको बुझिएको छ ।
सो घटनापछि विरामीका आफन्तले बिरामीलाई तत्काल हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा लगेका थिए । हाल विरामीको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ ।
कोरोना संक्रमणको जोखिमका बेला रातको समयमा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोध गर्दै आवश्यक कारवाही प्रक्रिया अघि बढाउन हेटौंडा अस्पतालले जिल्ला प्रहरी कार्यालय मकवानपुरसमक्ष अनुरोध गरेको छ । उनले सीसीटीभी फुटेज र आवश्यक प्रमाणहरुसहित आज प्रहरीसमक्ष लिखित उजुरी दिने तयारी भइरहेको समेत बताए ।
- ADVERTISEMENT -

हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी श्रेष्ठमाथि आक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












